मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ३ बिहीबार
  • Friday, 14 August, 2026
२o८o फाल्गुण ३ बिहीबार १३:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरस्वती पूजा हेर्न बाेलाएर बालिका बलात्कार, किशोर पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ३ बिहीबार १३:o५:oo

सरस्वती पूजा हेर्ने बहानामा फकाइफुल्याई लहानस्थित आफ्नो डेरामा पुर्‍याएर १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिराहाको सुखीपुरबाट एक किशोरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सुखीपुर नगरपालिका– २ घर भएका करिब १८ वर्षीय निकेशकुमार यादवलाई सुखीपुर प्रहरीले पक्राउ गरी बिहीबार बिहान करिब ५ बजेतिर  इलाका प्रहरी कार्यालय लहानलाई बुझाएको छ।

सरस्वती पूजा हेर्न आउनु भन्दै जिल्लाको सीमावर्ती गाउँबाट बालिका ‘परिवर्तित नाम–०८० लहान’ लाई लहान नगरपालिका– १ स्थित अरुणकुमार यादवको घरमा रहेको आफ्नो डेरामा पुर्‍याएर बुधबार दिउँसो करिब २ बजेतिर बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित बालिकाले साँझ घरमा पुगेर आफूमाथि भएको घटनाबारे सुनाएपछि परिवारको जाहेरीको आधारमा मध्यरातमा सुखीपुर प्रहरीबाट पुगेको प्रहरी टोलीले आरोपी किशोरलाई सुतिरहेको अवस्थामा घरबाट नै पक्राउ गरेको हो।

बलात्कारबाट विक्षिप्त बनेकी बालिकालाई बुधबार राति नै परिवारजनले लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा ल्याई उपचार गराएर थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बलात्कारपछि दुईवटा अस्पतालमा उपचार गर्ने गरी बिरामी परेकी बालिकामाथि सामूहिक बलात्कार भएको आशंका गरिएको भए पनि त्यस विषयमा प्रहरीले केही बताएको छैन।