१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ३ बिहीबार ११:१२:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ३ बिहीबार ११:१२:००

काठमाडौंसहित देशका विभिन्न भागमा प्रदूषणको असर पर्ने गरेको छ । प्रदूषित वायुमा केमिकल र सल्फर अक्साइड ग्यास हुने भएकाले यसले विभिन्न समस्या निम्त्याउँछ । त्यसैले प्रदूषणबाट बच्नका लागि सतर्क रहनुपर्छ । आफ्नो जीवनशैलीलाई व्यवस्थित बनाउनुपर्छ । प्रदूषणको स्तर बढेका वेला बाहिर हिँडडुल नगर्नु नै राम्रो हुन्छ । यस्तो वेलामा घरमै योगाभ्यासलगायत शारीरिक अभ्यास गर्न सकिन्छ । भिडभाडमा जाँदा मास्क लगाउन बिर्सनुहुँदैन । 

प्रदूषणका केही कारण
पुराना सवारीसाधनबाट निस्कने धुवाँले प्रदूषण फैलाउँछ । सवारीसाधनको चाप बढ्नु यसको अर्को कारण हो । बाटो खन्दा निस्कने धुलो वातावरणमा मिसिएर पनि प्रदूषण बढ्छ । 

जथाभावी फोहोरमैला फाल्ने र जलाउने कामले प्रदूषण बढाउने भएकाले यस्ता गल्ती गर्न हुँदैन । मानव बस्तीनजिक कलकारखाना भएमा पनि समस्या देखिन्छ । 

असर
- हामी आसपासको वातावरण प्रदूषित हुँदा रुघाखोकी लाग्ने, पिनासको समस्या हुने, श्वास–प्रश्वासमा समस्या, एलर्जी, फेरेन्जाइटिस हुने, लेरेन्जाइटिस हुने, निमोनिया आदि समस्या देखिन्छ । प्रदूषणले दम, मुटुरोगलगायत दीर्घरोगका बिरामीलाई पनि थप असर गर्छ । शरीरका विभिन्न अंगमा प्रदूषणको नकारात्मक प्रभाव पर्छ ।

- लामो समयसम्म खोकी लागिरहने हुन सक्छ । छातीमा संक्रमण भई निमोनिया पनि हुन सक्छ । फोक्सोमा क्यान्सर हुने जोखिमसमेत रहन्छ । 

- प्रदूषित वायुका कारण दमका रोगीलाई सास फेर्न गाह्रो हुने हुन्छ । बारम्बार अस्पताल गइराख्नुपर्ने हुन सक्छ । प्रदूषण र चिसोको सम्मिश्रणले रोगप्रतिरोधी क्षमता कमजोर भएकाहरूमा मौसमी रुघाखोकी (भाइरल इन्फ्लुएन्जा)को समस्या बढी देखिने गरेको छ ।

- प्लास्टिकका फोहोर जलाउँदा निस्केको प्रदूषणले पछि गएर क्यान्सरसमेत हुन सक्छ । प्रदूषणमा मिसिएको लिड, सिलिका, सल्फाइड, कार्बनमनोअक्साइडले सीघै स्वास्थ्यमा असर पुर्‍याउँछ । गाडीबाट निस्कने धुवाँ, फोहोर तथा आगो बाल्दा निस्केको धुवाँले हाम्रो शरीरलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ । 

बच्ने उपाय 
- घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न भुल्नुहुँदैन । अत्यधिक प्रदूषण भएको ठाउँमा नजानु राम्रो हुन्छ । 

- निर्माण कार्यमा संलग्न व्यक्तिले स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ । विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिनुपर्छ । कलकारखाना तथा उद्योगलाई मानवबस्तीबाट टाढा राख्नुपर्छ । व्यवस्थित सहरीकरणको विकासले पनि यस्ता समस्या कम गर्न सहयोग गर्छ । खोला, नाला, नदी, ताल, गल्ली आदिमा फोहोरमैला फाल्नुहुँदैन ।