Skip This
गुल्मीको रेसुंगा र अर्जुन क्षेत्रमा भीषण आगलागी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १o:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीको रेसुंगा र अर्जुन क्षेत्रमा भीषण आगलागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:४४:oo

जिल्लाभर ५१ वनको करिब १५ सय हेक्टर आगोले नष्ट

गुल्मीको सदरमुकाम तम्घासनजिकै रहेको रेसुंगा र अर्जुन क्षेत्रमा भीषण आगलागी भएको छ। रेसुंगामा विगत १५ दिनदेखि विभिन्न भागमा आगलागी भइरहेको छ । शनिबार दिउँसोबाट लागेको आगोका कारण यज्ञशाला, सिद्ध मन्दिर, रामकुण्ड, एनसेन तथा रेडियो नेपालका टावरहरू जोखिममा परेका छन् । रेसुंगामा खानीगाउँको माथिल्लो क्षेत्रबाट आगो सुरु भएको हो।

त्यस्तै, पराल्मी जाने सडकतिरबाट पनि आगलागी भएको छ । साउने क्षेत्र, सानो रेसुंगा तलको क्षेत्रमा पहिलेदेखि नै आगलागी भइरहेको छ । सुरक्षा निकायका टावर, एनसेन, रेडियो, टेलिभिजनका टावर तथा अर्जुन भगवती मन्दिरसहितको पर्यटकीय संरचना भएको अर्जुन क्षेत्रमा दुई दिनदेखि भीषण आगलागी भइरहेको छ । शनिबार राति नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण भएको छैन ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलका अनुसार रेसुंगा क्षेत्रमा आगो नियन्त्रणको प्रयास असफल भइरहेको छ । धेरै ठाउँमा आगो लागेकाले सुरक्षा निकायले मात्रै डढेलो नियन्त्रण गर्ने सम्भावना छैन । सबैले नियन्त्रणमा सहयोग गर्न पोख्रेलले आग्रह गरे । उनले आगो लगाउनेहरूको सूचना प्रहरीलाई दिन अनुरोध गरे ।

रेसुंगाको अग्लो स्थानमा दमकललाई पनि आगो नियन्त्रण गर्न अप्ठ्यारो भइरहेको छ। तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग लगभग प्रत्येक वर्ष डढेलोको चपेटामा परेर ध्वस्त हुने गरेको छ। आगोले प्रत्येक वर्ष वन क्षेत्रभित्रका पशुपक्षी, महत्वपूर्ण जडीबुटी, रुख–बिरुवा जलेर नष्ट हुने गरेका छन्।

रेसुंगा क्षेत्र, रेसुंगा नगरपालिका र नजिकका पालिकाको पानीको मुख्य स्रोत हो। तर, आगोले पानीका मूलहरूमा समेत असर गर्ने गरेको छ। रेसुंगामा खानीगाउँ, उर्लेनी, भाडगाउँ र पराल्मी क्षेत्रबाट आगो लगाउने गरिएको छ। तर, आगो लगाउने व्यक्तिको पहिचान र कारबाही नहुँदा समस्या बर्सनि बल्झिने गरेको छ। 

 रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र बर्सेनि आगलागी, वन्यजन्तु सिकार, बोटबिरुवाको विनाश, संरचना ध्वस्त र पुजारीहरूमाथि आक्रमणसमेत हुने भएकाले प्रहरी बिटको माग गर्दा पनि प्रशासन र सरकारबाट कुनै सुनुवाइ नभएको गुनासो गरे। डिभिजन वन कार्यालय गुल्मीका अनुसार जिल्लाभर ५१ सामुदायिक वनको करिब १५ सय हेक्टर आगोले नष्ट गरेको छ ।

ad
ad