१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चौधरी ग्रुपले भित्र्यायो एवोन ब्रान्डको इभी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:४o:oo

नेपाली बजारमा एवोन ब्रान्डको विद्युतीय कार भित्रिएको छ । चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले मंगलबार चिनियाँ कम्पनी ग्वन्झाओ अटोमोबाइल ग्रुप कर्पोरेसन (जिएसी)को इलेक्ट्रिक ब्रान्ड एवोन–वाई मोडल नेपालमा सार्वजनिक गरेको हो । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले काठमाडौंको थापाथलीमा एवोन–वाईसहित पहिलो सोरुम उद्घाटन गरे । आकर्षक डिजाइन, विलासी इन्टेरियर, उच्च ग्राउन्ड क्लियरेन्स, अब्बल सुरक्षालगायत कारण धेरैले एवोन–वाई मन पराउने उनको विश्वास छ । 

योसहित सिजीसँग विभिन्न चारवटा ब्रान्डका इलेक्ट्रिक गाडी भएका छन् । एसयुभी डिजाइनको एवोन–वाईमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । गाडीमा सय किलोवाटको मोटर पावर दिइएको छ भने अधिकतम पावर २२५ एनएम टर्क रहेको छ । यो गाडी सिंगल चार्जमा पाँच सय किलोमिटरसम्म कुदाउन सकिने कम्पनीको दाबी छ ।

एवोन वाइको लम्बाइ ४,५३५ एमएम, चौडाइ १,८७० एमएम र उचाइ १,६५० एमएम रहेको छ । यो गाडीको ह्विलबेस २,७५० एमएम छ । पाँच सिट क्षमताको यस गाडीको अधिकतम स्पिड प्रतिघण्टा एक सय ५० किलोमिटर रहेको छ । ग्राउन्ड क्लियरेन्स एक सय ८० एमएम रहेको बताइएको छ । गाडीमा कि–लेस इन्ट्री, १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको टचस्क्रिन, ६ स्पिकर, इलेक्ट्रिक पावर स्टेरिङ, फ्रन्ट र रियल डिस्क ब्रेकलगायत फिचर रहेका छन् । यस्तै, गाडीमा अल्ट्रा लार्ज प्यानारोमिक सनरुफ, स्काइलाइन एलइडी टेल लाइट, एंगल विङ्स एलइडी हेडलाइट प्रयोग गरिएको छ । यस गाडीमा ६.६ किलोवाटको चार्जर उपलब्ध छ ।

गाडीमा यात्रुको सुरक्षालाई निकै ध्यान दिइएको कम्पनीको दाबी छ । गाडीमा समावेश डेढ दर्जन सुरक्षा फिचरहरूमा टायर प्रेसर मोनिटर, ६ वटा एयर ब्याग, अटो होल्ड, क्रुज कन्ट्रोल, रियल पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा, एबिएस, ब्रेकिङ इमर्जेन्सी रिकभर सिस्टमलगायत रहेका छन् । यो कारको मूल्य नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

ad
ad