Skip This
हेटौँडा आइपुग्यो मिटरब्याजपीडितको ‘न्यायमार्च’ (फाेटाेफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Saturday, 27 July, 2024
२o८o माघ २९ सोमबार २३:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा आइपुग्यो मिटरब्याजपीडितको ‘न्यायमार्च’ (फाेटाेफिचर)

मेची पुलबाट मसाल जलाएर हिँडेका मिटरब्याजपीडित १४औँ दिन हेटौँडामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार २३:२३:oo

१६ माघमा नेपालको पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुलबाट मसाल जलाएर सुरु भएको मिटरब्याजपीडितहरूको ‘न्याय मार्च’ १४औँ दिनमा हेटौँडा आइपुगेको छ । 

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले थालेको ‘न्यायमार्च’का अभियानकर्मीहरू सोमबार राति ९ बजे हेटौँडा आइपुगेका हुन् । मेची पुलबाट पैदल हिँडेर सुरु गरेको ‘न्याय मार्च’ काठमाडौँ पुगेर आन्दोलनमा होमिने मिटरब्याजीविरुद्ध संघर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन् । 

उनले मेची पुलबाट ‘न्याय मार्च’ सुरु भएकै दिन सुदुर पश्चिमको कञ्चनपुरस्थित गड्डाचौकीबाट पनि ‘न्याय मार्च’ सुरु भएको जानकारी दिइन् । उनले पूर्व र पश्चिमबाट एकैदिन पैदल हिँडेका मिटरब्याजपीडितहरू चितवनमा भेला भएर काठमाडौँ जाने बताइन् ।

मेची पुलमा भेला भएर हिँडेको ७० जनाको टोली अहिले झण्डै तीनसयको हाराहारीमा पुगेको केन्द्रीय सदस्य घिमिरेले जानकारी दिइन् । ‘न्यायमार्च’ मा झापा, सुनरी, मोरङ, सप्तरी, धनुषा, सर्लाही, रौतहट बारालगायतका जिल्लाबाट समेत मिटरब्याजपीडितहरू सहभागी भएको केन्द्रीय सदस्य घिमिरेको भनाइ छ । 

हेटौँडा आइपुगेको न्यायमार्चका सदस्यहरू सोमबार राति हेटौँडा १० स्थित गोरक्षेश्वर पशुपति मन्दिर परिसरमा रहेको धर्मशालामा बस्ने र बुधबार बिहानै चितवनतर्फ लाग्ने केन्द्रीय सदस्य घिमिरेले जानकारी दिइन् ।

मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्दै जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, मिटरब्याज अपराधसम्बन्धी शक्तिशालि कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, मिटरब्याजी साहुकारले पीडितमाथि हाल्ने मुद्दा र सम्पूर्ण अदालती प्रक्रिया स्थगित गर्ने, फैसला भइसकेका मुद्दा आयोगमा खिचाइ पुनरावलोकन गरी फर्जी लिखतका आधारमा सजाय काटिरहेका पीडितहरूलाई रिहाइ गर्नुपर्ने, जरिवाना मिनाहा र बिगो खारेज गर्नुपर्ने, पीडितहरूको गुमेको घरबार फिर्ता गर्नुपर्नेलगायतका माग उनीहरूको रहेको छ ।