१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गुल्मीमा साढे १७ हजार बालबालिकालाई खोप लगाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:o८:oo

गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच वर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकाले खोप लगाउनेछन् ।

गुल्मीको मुसिकोट नगरपालिका र इस्मा, मालिका, धुर्कोट तथा मदाने गाउँपालिकामा १६ देखि २० फागुनसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए । त्यस्तै, २१ देखि २५ फागुनसम्म रेसुंगा नगरपालिका र गुल्मी दरबार, छत्रकोट, रुरुक्षेत्र, सत्यवती, चन्द्रकोट र कालीगण्डकीमा खोप अभियान सञ्चालन हुनेछ । 

जिल्लाका तीन सय ३० नियमित खोप केन्द्रबाट खोप सञ्चालन हुने जनस्वास्थ्य अधिकृत आचार्यले बताए । बालबालिकाको संख्याका आधारमा सात खोप केन्द्र थप हुँदै छन् । खोप अभियानका लागि जिल्लाभर तीन सय ३७ स्वास्थ्यकर्मी, ६ सय ७४ स्वयंसेवक र १२ जनाले एइएफआईको अनुगमन गर्ने चिकित्सकको टोली रहने आचार्यले बताए ।

त्यसबाहेक जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीबाट अभियानको अनुगमन तथा निरीक्षण हुनेछ । गत वर्ष पनि नेपालमा दादुराको महामारी भएको थियो । गत वर्ष नेपालमा १३ सय ४९ जनामा दादुरा संक्रमण पुष्टि भएपछि अभियानको सुरुवात गरिएको हो । बाँके जिल्लाबाट प्रकोप फैलिएर देशभर भएको र सन् २०२६ सम्म दादुरा निवारण गर्न यो अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीको वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले बताइन् । 

ad
ad