१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o९:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

लगातार दोस्रो जितसँगै नेपाल क्वार्टरफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:५६:oo

नेपाल लगातार दोस्रो जित निकाल्दै एक खेलअघि नै एसिसी महिला प्रिमियर कप २०२४ को क्वार्टरफाइलनमा प्रवेश गरेको छ । आइतबार मलेसियामा भएको दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको हो । नेपालले अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ । सेमिफाइलन प्रवेशको लागि समूह ‘ए’को उपविजेतासँग खेल्ने तालिका छ ।

समूह ‘डी’मा नेपाल दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा रह्यो । भुटानको दुई खेलबाट दुई अंक छ । माल्दिभ्स र हङकङको कुनै अंक छैन । नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो ।

टस हारेर सुरुवाती ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले ११.५ ओभरमा दुई विकेट गुमाउँदै दोस्रो जित निकालेको हो ।

नेपालको इनिङ्समा सिता राना मगरले अविजित ३२ र रुविना क्षेत्रीले अविजित १७ रन बनाए । ओपनर कविता कुवँरले पाँच र कप्तान इन्दु बर्मा एक रन बनाएर आउट भइन् । तेस्रो विकेटको लागि रुविना र सीताबीच अविजित ४८ रनको साझेदारी भएको थियो ।

भुटानका अञ्जु गुरुङ र अञ्जुली घालीले समान एक विकेट हात पारेका हुन् । यसअघि पहिले ब्याटिङ गरेको भुटानको लागि गावाङ चोदेनले सर्वाधिक २५, छिरिङ जाङमोले १६ र देचन वाङमाेले १७ रनको योगदान गरेका थिए ।

नेपालका बलर कविता कुँवर, सीता राना, इन्दु र कविता जोशीले समान एक विकेट हात पारेका हुन् । प्रतियोगिताको फाइनलमा पुग्ने टोलीले एसिसी एसिया कप खेल्नेछ ।

ad
ad