Skip This
चार महिनापछि कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै, अझै पाएन पूर्णता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o माघ २६ शुक्रबार १२:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चार महिनापछि कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै, अझै पाएन पूर्णता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार १२:२७:oo

कोशी प्रदेशमा सरकार गठनको चार महिनापछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्तागठबन्धनमा भागबन्डा मिलेपछि कोशी प्रदेशमा आज पाँचजना मन्त्री थपिँदै छन्।

शुक्रबार ४ बजे मन्त्री नियुक्त हुने सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए। उनका अनुसार कांग्रेसबाट एक राज्यमन्त्रीसहित तीनजना र माओवादी दुईजना मन्त्री आज थपिँदै छन्। 

कांग्रेसबाट प्रदीप सुनुवार स्वास्थ्यमन्त्री, रामकुमार खत्री, उद्योग, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा छन्। यस्तै, माओवादी केन्द्रबाट खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा नारायण बुर्जा मगर र सामाजिकमन्त्रीमा राजेन्द्र कार्की रहेको प्रवक्ता राईले जानकारी दिए। 

साढे ४ बजेका लागि नवनियुक्त मन्त्रीहरूकाे शपथका तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइएको प्रदेश प्रमुख परशुराम खापुङका स्वकीय उपसचिव निदेश दंगालले जानकारी दिए। 

नौ मन्त्रालय रहेको कोशीमा कांग्रेसले मुख्यमन्त्रीसहित पाँच, माओवादीले तीन र एकीकृत समाजवादीले एक मन्त्रालय पाएका छन्। अझै पनि आर्थिक मामिला तथा योजना मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री केदार कार्कीले आफैँसँग राखेका छन्। 

२७ असोजमा केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनीसँगै कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर मगर मन्त्री बनेका थिए । तर, १७ कात्तिकमा नियुक्त भएका माओवादीका गणेश उप्रेती र कमलप्रसाद जबेगूलाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री कार्कीले गठबन्धन दलबाट माओवादी र एकीकृत समाजवादीलाई भित्र्याएपछि एमालेले मगरलाई फिर्ता बोलाएको थियो।  

अस्थिर राजनीतिकाे अखडा बनेकाे काेशीमा एक वर्षभित्र पाँचपटक मुख्यमन्त्री परिवर्तन भए। एमालेका हिक्मतकुमार कार्की दुईपटक, कांग्रेसका उद्वव थापा दुईपटक मुख्यमन्त्री बने। पाँचौँपटकमा पार्टीभित्र विद्रोह गर्दै केदार कार्की सरकारको नेतृत्वमा आइपुगे। २४ पुसमा राप्रपाका अम्बरबहादुर विष्ट कोशीको सभामुख भएसँगै कोशीमा राजनीतिक अस्थिरता तत्काललाई टरेको छ।