Skip This
कोकाकोला नेपालले मनायो ५०औँ वार्षिकोत्सव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १o:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोकाकोला नेपालले मनायो ५०औँ वार्षिकोत्सव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:३o:oo

 कोकाकोलाले नेपालमा सञ्चालन भएको ५०औँ वर्ष मनाएको छ । कम्पनीले नयाँ योजना सार्वजनिक तथा संस्थागत सामाजिक उत्तरदायित्वमा गरेका कामको स्मरण गर्दै वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एनएन सिंहले कोकाकोलाको उद्देश्य सवै नेपालीलाई ताजापन महसुस गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने रहेको वताए । वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘कोकाकोला फिफ्टी इयर्स क्विज टाइम’ नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्ने उनले जानकारी दिए । यसमा ग्राहकले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्रमार्फत आकर्षक उपहार जित्ने मौका पाउने जनाइएको छ । 

कोकाकोला नेपाल र भुटानकी हेड चन्द्रिका कालियाले कोकाकोला कम्पनी नेपालको हितप्रति प्रतिबद्ध रहेको भन्दै कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका कर्मचारी एवं समुदायको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतालाई जारी राख्ने बताइन् । कम्पनीले नेपालको सामाजिक तथा आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पारेको उनको दाबी थियो । ०७२ साल को भूकम्पको समयमा ‘फेरि उठ्नेछ नेपाल’ तथा कोभिड– १९ महामारीबीच ‘स्टप द स्प्रेड’जस्ता प्रभावकारी एवं सफल अभियान सञ्चालन गरेको उनले स्मरण गरिन् । 

कोकाकोला बेभरेजेज नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपकनाथ सेन्थिलले नेपालमा पेय पदार्थ मात्र बिक्री नगरेर रोजगारी सिर्जना गर्दै समुदाय एवं राष्ट्रकै बृहत् आर्थिक सेवाप्रति प्रतिबद्ध रहेको बताए । महिलालाई उद्यमशीलतासम्बन्धी शिक्षा र तालिम दिने ‘सक्षम’ कार्यक्रममार्फत कोकाकोलाले नेपाली समुदायसँगको संलग्नतालाई थप विस्तार गरेको उनको भनाइ थियो ।

कोकाकोला र एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा सक्षमले पछिल्लो दुई वर्षमा नेपालभर दुई हजारभन्दा बढी महिलालाई सशक्तीकरण गरिसकेको कम्पनीको भनाइ छ । साथै, ग्लोकल प्रालिसँगको साझेदारीमा ‘युथ डाइलग’ कार्यक्रमअन्तर्गत नेपालभरका थुप्रै कलेज र विश्वविद्यालयसँग युवाको समग्र विकास तथा सशक्तीकरणमा पहल गरेकोे जनाइएको छ । साथै, जाजरकोटमा हालै गएको भूकम्पबाट प्रभावित समुदायलाई पनि कोकाकोला फाउन्डेसनले सहयोग गरेको जनाएको छ । 

नेपाली हिमशृंखलाको सरसफाइ एवं संरक्षणका लागि तीन वर्षदेखि कोकाकोला फाउन्डेसनले नेपाली सेनाद्वारा सुरु गरिएको माउन्टेन क्लिन–अप क्याम्पेनमा सक्रिय रूपमा सहयोग गर्दै आइरहेको जनाएको छ । 

ad
ad