Skip This
सहकारीका समस्या समाधानका उपाय र योजनासहित आएको छु : रास्वपा सांसद लामिछाने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २४ बुधबार १३:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहकारीका समस्या समाधानका उपाय र योजनासहित आएको छु : रास्वपा सांसद लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २४ बुधबार १३:३१:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सहकारीका समस्या समाधानको नीतिगत उपाय र योजनासहित आएको बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामिछानेले सहकारी सम्बन्धमा आफूमाथि लागेका आरोपप्रति ध्यान दिनुभन्दा यसको दीर्घकालीन समाधानका उपाय र योजनासहित प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने योजनासहित आफू संसदमा उपस्थित भएको बताए। 

उनले भने, ‘सहकारीका सम्बन्धमा आफूमाथि लागेका आरोपमा ध्यान दिनुभन्दा त्यसको समाधानको नीतिगत उपाय र योजनासहित म आएको छु। प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने योजनासहित आएको थिएँ। उहाँ आज आउनुभएन। अब प्रधानमन्त्रीलाई छुट्टै भेटेर यो हस्तान्तरण गर्नेछु। यसमा छन् सहकारी तथा लघुवित्तसम्बन्धी दीर्घकालीन समाधानका उपाय। म र मेरो पार्टी यसको दीर्घकालीन समाधान गर्न सरकारलाई पूर्ण सहयोग गर्छ।’  

उनले संसदमा एक–अर्काप्रति छेडखानी गरेर संसद्को समय बर्बाद नगर्न आग्रह गरे। सांसद लामिछानेले छेडखानी गरेर समय बर्बाद पार्नुको साटो साँच्चिकै संसद्लाई कानुन बनाउने थलोको रूपमा स्थापित गर्न संसद्ले पारित गरेको क्यालेन्डर फलो गर्न आग्रह गरे।