खुम्चँदै गएको टुँडिखेलमा दैनिकजसो बिहान चिसो नभनी खेल खेल्नेदेखि व्यायाम गर्नेहरूसम्मको राम्रो उपस्थिति हुने गर्दछ। मानिसको भिडभाडले साँघुरिएको काठमाडौंमा खासै धेरै खुला ठाउँ छैनन्। बालबालिका र युवाहरूलाई खेल्ने मैदानको समेत समस्या छ। तर, आफैँ साँघुरिइरहेको टुँडिखेलले यही कमीको पूर्ति गर्दै आएको छ।
बिहानीको समयमा यहाँ कोही हातमा क्रिकेट बल र ब्याट बोकेर आउँछन्, त कोही फुटबलको मज्जा लिइरहेका हुन्छन्। कतै व्यायाम र योग गरिरहेका सर्वसाधारण देखिन्छन् भने घोडा दौड र परेड गरिरहेका नेपाली सेना पनि देखिन्छन्।
हेर्नुहाेस् तस्बिरहरू :