१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संसद्को हिउँदे अधिवेशनको रणनीति बनाउन संसदीय दलहरूको बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३१:oo

२२ गतेदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनको तयारीका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूको संसदीय दलको बैठक बस्दै छ । संसद्लाई प्रभावकारी बनाउने, जनजीविकाका सवाल र कानुन निर्माण केन्द्रित गराउने रणनीति बनाउन संसदीय दलहरूको बैठक बस्न लागेको हो । 

रास्वपा संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । आगामी अधिवेशनमा उठाउनुपर्ने मुद्दाको तयारीका लागि बैठक बस्न लागेको सचेतक निशा डाँगीले बताइन् । 

यसैगरी, कांग्रेस संसदीय दलको बैठक संसद् भवनको लोत्से हलमा दिउँसो २ बजे बस्दै छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार आगामी अधिवेशनलाई कानुन निर्माणमा उपलब्धिपूर्ण बनाउने उद्देश्यसहित बैठक बस्दै छ । 

यसैगरी, प्रमुख प्रतिपक्षी एमालेको संसदीय दलको बैठक शनिबार दिउँसो १२ बजे संसद् भवनको लोत्से हलमा बस्दै छ । सचेतक महेश बर्तौलाका अनुसार दुई दिनसम्म चल्ने बैठकमा जनजीविकाका सवाल, प्रतिपक्षी बेन्चको प्रभावकारिता र सिंगो संसद्कै प्रभावकारिताका सवालमा बृहत् छलफल हुनेछ । 

विधेयक अधिवेशनमा आफ्नो बलियो भूमिका प्रस्तुत गर्न अन्य दलहरू पनि तयारीमा जुटेका छन् ।

ad
ad