१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० माघ १८ बिहीबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटकीयस्थल रारालगायत दर्जनौँ गाउँबस्तीमा हिमपात

Read Time : < 1 मिनेट
२०८० माघ १८ बिहीबार १०:४०:००

हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानहरूमा हिमपात भएको छ । गएरातिदेखि यस वर्षको दोस्रोपटक हिमपात भएको हो । गएको मंसिरमा यहाँ पहिलोपटक सामान्य हिमपात भएको थियो ।

बुधबार रातिबाट मौसममा बदली भई उच्च भू-भाग र पर्यटकीय स्थल रारामा हिउँ परेको छ । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटनहरू , कोइकी हिमाल, मुगुगाउँ, डोल्फु, किम्री, तखा, खारी, चितै, सेरोग दाउरा, रिउस पापु, छाइल, पुव, मह, माङ्ग्रीलगायत दर्जनभन्दा बढी गाउँबस्तीमा गएरातिदेखि लगातार हिमपात भइरहेको छ ।

छायानाथ रारा नगरपालिकाका बाम, रोवा, झाकोट, तल्लेख, सोबा, मुन्दु, कोटिल्ला, घुच्चीलेक, भुल्भुले, पिना, झ्यारी, टोप्ला, मुर्मालगायत दर्जनौँ गाउँबस्तीमा पनि लगातर हिउँ परेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल रारा र मुर्माटप, चंखेलीमा पनि रातिदेखि हिउँ पर्न थालेको  र चिसो पनि अत्यधिक बढेको त्यहाँका स्थानीयको भनाइ छ ।

गएरातिदेखि लगातार रारा ताल र आसपासका ठाउँमा हिउँ परिरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । खत्याड गाउँपालिकाको खेस्मालिका, खमाले, कोटिल्ला, भागोटी, निगालिबोट, साट्बाडा, जम्फै, बाउपानी, जोगिलेख, रोल, सैन, गम्था, श्रीकोट, जिउका, कर्खा, जामिर, रास्काेटीबाडा, नखर्जीलगायत गाउँमा पनि हिउँ परेको छ । 

यसैगरी सोरू गाउँपालिकाको सोरुकोट, पोग्री, नेर, फोतु रुम, कालैलेकलगायत ठाउँमा हिमपात र पानी परेको छ। माघ तेस्रो सातामा भए पनि  हिमपात भएपछि हिउँदे बाली गहुँ, जौ र हिमाली बाली उवा र फलफूल स्याउ, आरू, ओखरलगायत फलफूल र अन्नबाली  राम्रो हुने आशामा कृषक खुसी भएका छन्  । यस्तै, हिमपातका कारण हिमामा पाउने यार्सा, जडीबुटीहरू पनि गुणस्तरको हुने भन्दै कृषक तथा जडीबुटी व्यापारीहरू खुसी भएका छन् ।