१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इमरानलाई चुनावबाट टाढा राख्ने सेनाको पुरानो रणनीति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:oo:oo

पाकिस्तानी राजनीतिमा उही पुरानो पटकथा पुनः दोहोरिएको छ । कुनै समय पाकिस्तानको शक्तिशाली सैन्य संस्थापनको प्यारो बनेका इमरान खानले यस साता एउटा होइन, दुई–दुईवटा मुद्दामा सजाय पाए । मंगलबार १० वर्षको जेल सजाय सुनाइएका खानलाई बुधबार अर्को मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । दुई छुट्टाछुट्टै मुद्दामा भएको सजायले एउटा कुरा स्पष्ट पारेको छ, खानलाई अर्को साता हुने पाकिस्तानको आमनिर्वाचनबाट पर राख्न सेनाले कुनै कसर बाँकी राख्नेछैन ।

पाकिस्तानको राजनीतिक इतिहासमा बारम्बार प्रयोग गरिएको यो चिरपरिचित रणनीतिबाट कुनै समय खान लाभान्वित भएको धेरै समय बितेको छैन । सन् २०१८ को निर्वाचनमा खान सेनाका उम्मेद्वारका रूपमा सेनाको कोपभाजनमा परेका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध खडा गरिएका थिए । त्यस वेला सरिफमाथि भ्रष्टाचारको आरोप लागेको थियो र उनलाई प्रधानमन्त्री पदका लागि अयोग्य ठहर गरिएको थियो । सन् २०१८ जुलाईमा चुनाव हुनुभन्दा दुई हप्ताअघि सरिफलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । अहिले पात्र र तिनको स्थान फेरिएको छ । 

सरिफको ठाउँमा खान सेनाका आलोचक बनेका छन् र अहिले जेलमा थुनिएका छन् । उता सरिफले सेनाका जनरलसँग मेलमिलाप गरेका छन् र उनको सत्ता फिर्तीको बाटो खुला भएको छ । निर्वाचनमा धाँधली हुने आरोपबीच सरिफले चुनाव जित्ने पक्काजस्तै भएको विश्लेषण भइरहेको छ । खानलाई यसअघि नै चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको थियो । तर, एकपछि अर्को वर्षौं लामो जेल सजायले सेनाको खानविरुद्धको अभियानलाई प्रतिबिम्बित गर्छ । 

सन् २०१८ जुलाईमा चुनाव हुनुभन्दा दुई हप्ताअघि नवाज सरिफलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । त्यतिवेला सरिफ सेनाको तारो बनेका थिए भने इमरान प्यारो । अहिले पात्र र तिनको स्थान फेरिएको छ ।

अविश्वासको मतमार्फत खानलाई अप्रिल २०२२ मा सत्ताबाट हटाइएको थियो । सेनाले खानलाई हराउन उनकै दलका केही सांसदलाई समेत उनीविरुद्ध मत दिन लोभ र दबाब दिएको व्यापक विश्वास गरिन्छ । त्यसपछि खानले पाकिस्तानी इतिहासमै पहिले नदेखिएको स्तरको सेनाको संस्थापन र पाकिस्तानी राजनीतिमा यसको कठोर नियन्त्रणविरुद्ध बोल्न थाले । तर, राजनीतिमा सेनाको प्रभावका कारणले खानको सेनाविरुद्धको अभियान सफल हुनेमा धेरैले आशंका व्यक्त गरेका थिए । अगस्टयता सेनाले खानको राजनीतिक करिअर र उनको दल पाकिस्तान तहरिक–ए–इन्साफ (पिटीआई) लाई ध्वस्त पार्न सबै हतकण्डा अवलम्बन गरेको देखिन्छ । त्यही समयदेखि खान पनि कैद छन् । यो कुरा खानलाई सजाय सुनाइएका दुवै मुद्दामा उचित न्यायिक प्रक्रियाको पालना नभएको कुराले पनि देखाउँछ । खुला अदालतको सट्टा खानलाई हिरासतमा राखिएको जेलभित्रै सुनुवाइमार्फत सजाय सुनाइएको छ । उनका वकिलहरूलाई कुनै पनि साक्षी छनोट गर्ने वा सोधपुछ गर्न अनुमति दिइएको छैन । 

हालैका महिना पिटिआईविरुद्ध व्यापक धरपकड देखिएको छ । यसका जुलुसमाथि मात्र प्रतिबन्ध लागेको छैन, यस दलका समाचारसमेत टिभी च्यानलमा प्रसारण गर्न प्रतिबन्ध लागेको छ । यद्यपि मतदातामाझ अझै यो लोकप्रिय छ । धेरै पर्यवेक्षकले खानविरुद्ध सुनाइएका दोहोरो फैसलाले आगामी आमचुनाव पाकिस्तानको निकट इतिहासको सबैभन्दा कम विश्वसनीय हुनेतर्फ संकेत गरेको बताएका छन् । यो कुरा असामान्य रूपमा शान्त चुनाव अभियानमार्फत पनि झक्लिन्छ । सेना चुनावको ‘व्यवस्थापन’ गर्न आफू खुलेर लागेको देखाउनसमेत डराउन छाडेको प्रतीत हुन्छ, भलै उसले अझै पनि आफू अराजनीतिक भएको दाबी गरिरहेको छ । 

इमरान खानलाई विश्वास गर्ने पाकिस्तानका मतदातामाझ भने क्रोध र उदासीनताको भावना छाएको छ । अधिकांश एउटै गुनासो गर्छन्, पाकिस्तानी राजनीतिमा खासमा कहिल्यै केही बदलिँदैन । 
– द गार्जियनका लागि हन्नाह एलिस–पिटरसेनको विश्लेषण

ad
ad