१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १२:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पहिलो खेलमा पुलिस क्लब विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५o:oo

तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ।

महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले पराजित गरेको हो। प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीमाथि पुलिसले एकतर्फी जित निकालेको हो।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा पहिलो दिन चार खेल हुने कञ्चनपुर भलिबल संघका सचिव उत्तम विष्टले जानकारी दिए। त्यसैगरी दोस्रो खेलमा एपिएफ र मधेश प्रदेशले प्रतिस्पर्धा गर्दै छन्।

‘प्रतियोगिताको पहिलो दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती भिड्दा अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिम प्रतिस्पर्धा गर्नेछन,’ विष्टले भने, ‘दिनमा चार वटा खेल हुनेछन्, आज पहिलो दिन दुई खेलपछि प्रतियोगिता परराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गर्ने कार्यक्रम छ।’

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता छ। प्रतियोगितामा एक सय ५० खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहनेछन्। त्यसैगरी प्रतियोगितामा एक अन्तर्राष्ट्रिय, १२ राष्ट्रिय र १२ प्रदेशका रेफ्रीको सहभागिता छ। प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः रु. चार लाख, रु. दुई लाख र रु. एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिए।

‘प्रतियोगिताको सेमिफाइनलदेखिका चार खेलमा रु. पाँच हजारका दरले ‘म्यान अफ दी म्याच’को पुरस्कारको व्यवस्था मिलाइएको छ,’ भट्टले भने, ‘प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु. २० हजार पुरस्कार प्रदान गरिनेछ।’ उनले प्रतियोगितामा विभिन्न ६ विधामा जनही रु. १०–१० हजारका दरले पुरस्कार प्रदान गरिने बताए।

प्रत्येक दिन प्रतियोगिताका चार खेल र अन्तिम दुई दिनमा दुई खेल हुनेछन्। प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ।
 

ad
ad