१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ ११ बिहीबार १८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा गठबन्धनका बस्नेत र अधिकारी विजयी

Read Time : < 1 मिनेट
२०८० माघ ११ बिहीबार १८:०७:००

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा गठबन्धनबाट कांग्रेसका जितजंग बस्नेत र माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी  विजयी भएका छन्। बस्नेत ‘अन्य’ क्लस्टरबाट र अधिकारी अपांगता–अल्पसंख्यक क्लस्टरबाट निर्वाचित भएका हुन्।

बस्नेतले एमालेका त्रीलोचन निर्मल पौडेललाई पराजित गरेका हुन् भने अधिकारीले एमालेकै विवेक देवकोटाविरुद्ध जित निकालेका हुन्।

कांग्रेसका बस्नेतले स्थानीय तहतर्फ एक सय ६८ र प्रदेश सभातर्फका ६३ जनाको गरी ६ हजार पाँच सय ३१ मतभार पाएका छन्। ‘अन्य’तर्फ विपक्षी एमालेका त्रिलोचन निर्मल पौडेलले दुई हजार तीन सय ५९ मतभार पाए। उनलाई स्थानीय तहतर्फ ६० जना र प्रदेशतर्फ २३ जनाले मतदान गरेका थिए।

यसैगरी, अपांगता–अल्पसंख्यक क्लस्टरबाट निर्वाचित अधिकारीले ६ हजार चार सय ३६ मतभार पाउँदा विपक्षी एमालेका विवेक देवकोटाले दुई हजार सात सय ३४ मतभार पाएका छन्। 

अधिकारीलाई स्थानीय तहतर्फ एक सय ६३ र प्रदेश सभातर्फ ६२ जनाले तथा एमालेका देवकोटालाई स्थानीय तहतर्फ ६३ जना र प्रदेशतर्फ २९ जनाले मतदान गरेका थिए।