बागमतीमा गठबन्धनबाट महिलातर्फ पुडासैनी विजयी

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छिन्।

बिहीबार सम्पन्न निर्वाचनबाट उनले ६ हजार ६ सय २२ मतभार पाएर विजयी भएकी हुन्। पुडासैनीलाई स्थानीय तहतर्फ एक सय ७० र प्रदेश सभातर्फ ६४ जनाले मत दिएका थिए।

विपक्षी एमालेकी रोचकुमारी चौलागाईं दुई हजार पाँच सय ५२ मतभार पाइन्। उनलाई स्थानीय तहतर्फ ५९ जना र प्रदेशतर्फ २७ जनाले मतदान गरेका थिए।

सुझावित समाचार