१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा गठबन्धनबाट महिलातर्फ पुडासैनी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:३o:oo

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छिन्।

बिहीबार सम्पन्न निर्वाचनबाट उनले ६ हजार ६ सय २२ मतभार पाएर विजयी भएकी हुन्। पुडासैनीलाई स्थानीय तहतर्फ एक सय ७० र प्रदेश सभातर्फ ६४ जनाले मत दिएका थिए।

विपक्षी एमालेकी रोचकुमारी चौलागाईं दुई हजार पाँच सय ५२ मतभार पाइन्। उनलाई स्थानीय तहतर्फ ५९ जना र प्रदेशतर्फ २७ जनाले मतदान गरेका थिए।

ad
ad