१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शैक्षिक प्रमाणपत्रमा जन्ममिति सच्याउने सइलाई एक वर्ष कैद

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २o:११:oo

नागरिकता र शैक्षिक प्रमाणपत्रमा मिति सच्याएको भन्दै नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ। 

आइतबार विशेषले सइ वीरेन्द्र महतोलाई झुट्ठा विवरण पेस गरी भ्रष्टाचार गरेको कसुरमा सजाय सुनाएको हो। विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ। 

विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि ३० कात्तिक ०७८ मा विशेषमा मुद्दा दायर भएको थियो। 

उनी इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत रहँदा उजुरी परेको थियो। उनले प्रहरी जवान पदमा कार्यरत रहँदा नियुक्तिका बखतमै पेस गरेका प्रमाणपत्रहरू किर्ते गरेको भेटिएको थियो। 

ती प्रमाणपत्रअनुसार नै उनको सइ पदमा बढुवा भएको थियो। उनले शैक्षिक प्रमाणपत्रहरूमा जन्ममिति सच्याई राष्ट्रसेवकको ओहोदा पाई लाभ लिएको र राज्यलाई नोक्सानी पुर्‍याएको अभियोग लगाइएकोमा उनी कसुरदार पाइएका हुन्। 

यसै मुद्दामा मुछिएका रवीन्द्र झा र मुकेशकुमार सिंहले भने सफाइ पाएका छन्। झा सइ महतोले अध्ययन गरेको विद्यालयका तत्कालीन प्रधानाध्यापक हुन् भने सिंह शिक्षक हुन्। सिंहले महतोको एसएलसी प्रमाणपत्रको प्रतिलिपि जारी गरेका थिए। 

विद्यालयमा रहेको जन्ममितिमा समेत सच्याई प्रतिलिपि दिएको अभियोग उनीमाथि लागेको थियो। उनीहरूले महतोलाई मद्दत गरेको आरोप लगाइए पनि विशेषबाट झा र सिंहले सफाइ पाएका छन्।

ad
ad