१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

पूर्वमन्त्री शाक्यकाे सायरीसंग्रह विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:o६:oo

बागमती प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजयक्रान्ति शाक्यको नेपाल भाषाको सायरीसंग्रह ‘जी मैन थें नायाच्वना’ (म मैनझैँ पग्लिरहेँ) विमोचन गरिएको छ।

शाक्यको सायरीसंग्रह विमोचनअघि नेपाल भाषाका ११ कविहरूले कवितावाचन गरेका थिए। नेपाल भाषा, नेपालीलगायत नेपालमा बोलिने विभिन्न मातृभाषा र संस्कृतिको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना भएको ‘नेपालमण्डल लिट्रेचर कल्चर ट्रस्ट’ नामक संस्थाद्वारा कवितावाचनसँगै शाक्यको सायरीसंग्रहको विमोचन कार्यक्रमको आयोजना गरेको थियो।

ट्रस्टका अध्यक्ष श्याम स्मृतिले नेपाल संवत् ११४४ नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा नेपाल भाषामा आयामिक कवितावाचनसँगै पुस्तक विमोचन गरिएको जानकारी दिए।

ad
ad