१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० माघ ५ शुक्रबार १६:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूमिसुधार र कृषिक्रान्ति वामपन्थीले गर्नुपर्छ : नेता खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ ५ शुक्रबार १६:३२:००

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक अन्तर्विरोध किटान गरेर अगाडि बढ्नुपर्ने बताएका छ्न्। 

वर्गीय अन्तर्विरोध, समाजिक अन्तर्विरोधको रूपमा देखिने बताउँदै उनले कांग्रेस, रास्वपा, राप्रपा, लोसपा दलाल पुँजीपतिको प्रतिनिधि पार्टी रहेको ‍औँल्याए। नेपालको कम्युनिस्ट आन्दोलन, विगत, वर्तमान र भविष्य विषयमा शुक्रबार नगरकोटमा प्रशिक्षण दिँदै खनालले समाजलाई बदल्ने कुरा मुख्य भएको बताए। 

वर्गीय अन्तर्विरोध समाजवादी क्रान्तिभर रहने उनकाे भनाइ थियाे। अन्तर्विरोध छुट्टाउन नसके आन्दोलन कमजोर हुने खनालको ठम्याइ छ। भूमिसुधार र कृषिक्रान्ति वामपन्थीले गर्नुपर्ने धारणा राख्दै त्यसैको जगमा समाजवादी क्रान्ति अगाडि बढाउनुपर्ने उनले जोड दिए।

द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, वर्ग अडान, विश्लेषण गर्ने वैज्ञानिक पद्धतिको आधारमा मार्क्सवादलाई बुझ्नुपर्ने खनालकाे भनाइ थियमे। मार्क्स र लेनिनलाई पढ्न तथा नेपाली समाजलाई बुझ्न उनले आग्रह गरे। केन्द्रीय स्कुल विभागले आयोजना गरेको प्रशिक्षण नगरकोटमा जारी छ।