१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस काठमाडौं
२o८१ बैशाख १७ सोमबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वामपन्थी शक्तिबीच एकताको खाँचो : झलनाथ खनाल

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १८:२६:oo

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन्।

नयाँ वर्षको अवसरमा देश तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीको अग्रगति र प्रगतिका लागि शुभकामना सन्देश जारी गर्दै शान्ति, विकास, स्वतन्त्रता, समाजवाद र समृद्धिका निम्ति समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट मुलुकलाई अगाडि लैजान वामपन्थी शक्तिहरू एकापसमा समन्वय गरी देशको परिस्थितिलाई दृष्टिगत गर्दै कम्युनिस्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

नेता खनालले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको क्षेत्र संकटग्रस्त बन्दै गएको भन्दै जनता र राष्ट्रका साझा सवालमा सबै एकताबद्ध भएर वर्तमान गठबन्धनको संयुक्त सरकारमा सहभागिता जनाउनु राजनीतिक विकासक्रमको एउटा सकारात्मक पक्षका रूपमा हुने दाबी गरे।

‘जनता र राष्ट्रका ज्वलन्त सवालहरूको समाधानका लागि भूमि सुधार र कृषिक्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई औद्योगीकरणको दिशामा अघि बढाउन सक्नुपर्छ, भ्रष्टाचारलाई अन्त्य गर्नुपर्छ,’ नेता खनालले भने, ‘सबै वामपन्थी समूहहरू ‘म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ, भन्ने दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ। सबैका बीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ।’

उनले मूल्यवृद्धि र महँगी नियन्त्रण, देशभित्रै रोजगारीका अवसर सिर्जना गर्दै युवाको विदेश पलायनलाई रोक्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गरी मुलुकको विकास निर्माणको प्रक्रियालाई तीव्र बनाउन समाजवादको आधारलाई फराकिलो बनाएर जनतामा आशावादको सञ्चार गर्नुपर्नेमा जोड दिए।

ad
ad