१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेससहितको समीकरणमा एकीकृत समाजवादी जाँदैन : खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:o८:oo

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेससहितको समीकरणमा एकीकृत समाजवादी नजाने बताएका छन् । वामपन्थीहरूलाई बलियो बनाएर जानुपर्ने आवश्यकता रहेको, तर समीकरणमा सम्मान र सहकार्य हुनुपर्ने उनको मत छ । 

‘हाम्रो पार्टी दक्षिणपन्थी समीकरणमा सहभागी हुँदैन । वामपन्थी समीकरणमा एक–आपसमा सम्मान र सहकार्य हुनुपर्छ । यसलाई एमाले र माओवादीले गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यदि, त्यो ढंगले दलहरू अगाडि बढेनन् भने उनीहरूकै लागि दुर्भाग्य हुनेछ ।’ 

नेता खनालले देशको परिस्थितिले वामपन्थीको बलियो सरकार माग गरेको बताए । कांग्रेससँग समीकरण गरेर जान नहुनेमा उनले जोड दिए । बरु, प्रतिपक्षमै बसेर पार्टी निर्माणमा लाग्नुपर्ने उनको मत छ । ‘देशलाई समाजवादीकै दिशामा अगाडि बढाउने हो भने विगतबाट शिक्षा लिएर अगाडि बढ्नुको विकल्प छैन,’ खनालले भने । 

वाम सहकार्यका रूपमा प्रचण्ड र ओलीले जोड गरेपछि सत्तासमीकरणमा सहभागी भए पनि व्यवहारमा नदेखिएको एकीकृत समाजवादीको ठम्याइ छ । इलाम र बझाङको उपनिर्वाचनमा पनि छुट्टाछुट्टै उम्मेदवार छन् । राष्ट्रिय सभा उपाध्यक्षमा पनि उसले अन्तिम समयमा गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको थियो । 

ad
ad