१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपेश पछाई लुम्बिनी
२o८१ बैशाख २० बिहीबार १३:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपाध्यक्ष डा‍. लामा र चिनियाँ राजदूत सोङबीच भेटवार्ता, गुरुयोजनाबारे छलफल  

Read Time : > 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१४:oo

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। बिहीबार लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी गुरुयाेजनाका विषयमा छलफल भएको छ। 

भेटमा जापानिज वास्तुविद् केञ्जे टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवर्द्धनका सहकार्यका विषयमा छलफल भएको उपाध्यक्ष डा. लामाले बताए।

राजदूत सोङले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको बताएका थिए। लुम्बिनीको गुररूयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरुयोजना बनाउने योजनामा रहेकोसमेत उपाध्यक्ष डा. लामाले बताए।

उनले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सहकार्यका लागि आग्रह गरे। भेटमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको उपस्थिति रहेको थियो। यसैबीच चिनियाँ विहारमा बिहीबार नै प्रसाद वितरण कार्यक्रम गरिएको छ। कार्यक्रममा बोल्दै उपाध्यक्ष डा‍. लामाले हजारौँ चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर रहेको बताए। 

राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिँदै उपाध्यक्ष लामाले भने, ‘प्रत्येक दिन, प्रत्येक महिना हजारौँ चिनियाँलाई लुम्बिनीमा स्वागत गर्न पाउँ, त्यो दिनको पखाईमा छौँ।’ उपाध्यक्ष लामाले आजकै दिन सुजाताले भगवान् बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यही दिन खिर बाँड्न पाएकोमा खुसी व्यक्त गरे। 

कार्यक्रममा राजदूत सोङले १५ सय वर्षअघि चिनियाँ यात्रीहरूले गरेको पैदल यात्रा र त्यही यात्रा वित्तान्तले लुम्बिनी पत्ता लगाउन सहयोग गरेको स्मरण गर्दै बुद्धजन्मस्थलजस्तो पवित्र स्थलमा आएर प्रसाद वितरण गर्न पाउँदा निकै खुसी लागेको बताए।

उनले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताए। उनले विश्वमा अशान्ति भइरहेकाले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्ने बताए।

कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एसाेसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाता खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले राजदूत सोङ, लुम्बिनी विकास कोषका उपाध्यक्षको उपस्थितिमा चिनियाँ भिक्षुभिक्षुणी र लुम्बिनीका स्थानीयको सहभागितामा प्रसाद बाँड्न पाउनु आफ्नो लागि अविष्मरणीय बनेको बताए।

उपाध्यक्ष सुङ चिनियाँ नयाँ वर्षको सन्दर्भ पारेर भिक्षुभिक्षुणी र तीर्थयात्रीहरूको टोली लिएर लुम्बिनी आएका हुन्। 

ad
ad