१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ढकाललाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:३८:oo

पशुपति विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाललाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ । पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार भएको भनी दायर मुद्दामा बुधबार विशेषले यस्तो आदेश गरेको हो ।

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले ढकाललाई तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको बताए । उनी बुधबार विशेषमा उपस्थित भएका थिए । एक साताअघि यसै मुद्दाका अर्का प्रतिवादी डा. मिलन थापा विशेष अदालतमा उपस्थित भएका थिए । कोषका पूर्वकोषाध्यक्ष थापालाई पनि तीन लाख धरौटीमा रिहा गरिएको थियो ।

ढकालसमेतले सुनको जलहरी चढाउने क्रममा सुनको परिमाण तथा गुणस्तरमा अनियमितता गरेको भन्दै दायर मुद्दा विशेषमा विचाराधीन छ । ढकालका साथै पूर्वकोषाध्यक्ष थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई यस मुद्दामा प्रतिवादी बनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १४ असोजमा पशुपतिको जलहरी निर्माण र प्रतिस्थापनमा अनियमितता भएको भन्दै विशेषमा मुद्दा दायर गरेको थियो । एक हजार चार सय ९१ ग्राम ७१८ मिलिग्राम सुन भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ । 
 

ad
ad