
धादिङको खनियाँवासमा आज ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।
बा. ५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाँवास गाउँपालिका– ५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
दाउरा बोकेको ट्रक खनियाँवास गाउँपालिकाको– ५ मा दुर्घटना भएको हो। ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ। दुर्घटनामा परी धनबहादुर तामाङ, मरूमाया तामाङ र शर्मिला तामाङ घाइते भएको एसपी मिश्रले बताए।