१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमईको निःशुल्क स्वास्थ्य शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:२८:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इलाम जिल्ला इलाम नगरपालिका वडा नं ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा आयोजित शिविरबाट एक सय ६० भन्दा बढी महिलाले लाभ लिएको बताइएको छ ।

बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोगविज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा निःशुल्क रूपमा उपलब्ध गराएको हो । यससँगै सातै प्रदेशमा शिविर सञ्चालन गरी एक हजार दुई सय ५० भन्दा बढी महिलाको स्वास्थ्य चेकजाँच गरी सेवा उपलब्ध गराएको बैंकले जनाएको छ । 

बैंकले ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क–वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवाकेन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ad
ad