
तुलसीपुर बजारको अरनिको मैदाननजिकै रहेको एक गोदाम घरमा सोमबार राति साढे आठ बजेतिर आगलागी भएको छ।
तुलसीपुर–५ का व्यवसायी प्रमोद सोनीको प्लास्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
आगलागी भएलगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र स्थानीयका पानी ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको छ। गोदामनजिकका घरमा रहेकाहरूलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षित रूपमा बाहिर ल्याइएको छ।
आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ। (रासस)