१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका मकवानपुर
२०८० माघ १ सोमबार ०८:५२:००
Read Time : < 1 मिनेट
समाचार

चरेस र गाँजासहित ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०८० माघ १ सोमबार ०८:५२:००

प्रहरीले आइतबार फरक–फरक स्थानबाट लागुऔषध चरेस र गाँजासहित ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मकवानपुरको मनहरीमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना.३च ७४०४ नम्बरको कारका चालक याकुब खान, मुस्की राम, इरमान आलम र सोयल मियाँलाई सय ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको हो ।

पक्राउ परेकाको सूचनाका आधारमा प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका– ६ नयाँबस्ती बस्ने रामनारायण श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकाले श्रेष्ठबाट खरिद गरेको बताएपछि प्रहरीले श्रेष्ठको घर खानतलासी गर्दा ६ किलो १३५ ग्राम लागुऔषध चरेस फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

यस्तै, प्रहरीले आइतबार नै हेटौँडाबाट एक किशोरलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका– १० का १९ वर्षीय इन्ताज आलम छन् । उनलाई प्रहरीले हेटौँडा उपमहानगरपालिका– १० बसपार्कबाट पाँच किलो चार सय ग्राम अवैध गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता भण्डारीले बताए ।