१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २९ आइतबार १६:०२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाँच म्याचको टी-२० शृंखला : दोस्रो म्याचमा पनि न्युजिल्यान्ड हावी, पाकिस्तान २१ रनले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २९ आइतबार १६:०२:००

पाँच म्याचको टी–२० शृंखलाअन्तर्गत दोस्रो म्याचमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनको हराएको छ । हेमिल्टनमा भर्खरै सकिएको म्याचमा न्युजिल्यान्डले पाकिस्तानलाई पराजित गरेको हो । न्युजिल्यान्डले पहिलो म्याच ४२ रनले जितेको थियो ।

दोस्रो म्याचमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले फिन एलेनको ७४ रनको मद्दतमा निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । 

४१ बलको सामना गरेका फिनले पाँच छक्का र सात चौका प्रहार गरे । कप्तान केन विलिएम्सनले २६, मिचेले सान्टनरले २५, डेभोन कोन्वेले २० तथा डरेल मिचेलले १७ रनको योगदान दिए । 

पाकिस्तानको तर्फबाट बलिङमा  हारिस राउफले तीन, अब्बास अफ्रिदीले दुई तथा अमिर जमाल र उसमान मिरले एक–एक विकेट लिए । कप्तान साहिनसाह अफ्रिदीले कुनै विकेट लिन सकेनन् । 

जवाफमा एक सय ९५ रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई सुरुमै झड्का लाग्यो । युवा ओपनर साइम अयुव तेस्रो बलमै एक रन बनाएर आउट भए । लगत्तै अर्का ओपनर मोहम्मद रिजवान पनि पाँच बलमा सात रन बनाएर पेभेलियन फर्किए । 

पहिलो विकेट गुमेपछि क्रिजमा आएका पूर्वकप्तान बाबर आजम र दोस्रो विकेट गुमेपछि आएका फखर जमानबीच ८७ रनको साझेदारीले पाकिस्तान खेलमा बलियो अवस्थामा देखिएको थियो । तर, एडम मिल्नीले फखरलाई बोल्ड गरेपछि पाकिस्तान लड्खडायो ।

त्यसपछि क्रिजमा आएका इफ्तिखर अहमद चार, अजाम खान दुई, अमिर जमाल नौ रनमा आउट हुन पुगे । 

बाबर र कप्तान साहिनले खेलमा पुनः फर्कने प्रयास गरे पनि बाबर ठूलो सट खेल्ने क्रममा ६६ रनमा सियरको बलमा टिम साउदीबाट समातिन पुगेपछि पाकिस्तानको निश्चित हार देखियो । 

४३ बलको सामना गरेका बाबरले दुई छक्का र सात चौका प्रहार गरे । कप्तान साहिनले दुई छक्का र एक चौकासहित १३ बलमा २२ रन बनाए । उनी आउट भएसँगै पाकिस्तानको इनिङ ध्वस्त भयो र १९.३ बलमै अलआउट हुन पुग्यो । 

आजको जितसँगै न्युजिल्यान्डले पाँच म्याचको शृंखलामा २–० को अग्रता लिएको छ । तेस्रो म्याच बुधबार हुनेछ ।