१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सौतेनी आमा हत्या गरेको आरोपमा छोरी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३१:oo

जुम्लाकाे पातारासी गाउँपालिका– ३ छुमगाउँकी ५६ वर्षीया सुवा महताराको हत्या गरेको आरोपमा छोरी नाता पर्ने २६ हाँसु ऐडीलाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख १५ गते  साँझ छोरी नाता पर्ने ऐडीले सौतेनी आमा महतारालाई ढुंगा र धान कुट्ने मुसलले प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । घटना वैशाख १५ साँझ भए पनि ढिलो खबर भएपछि प्रहरीको टोली परिचालन गरेर वैशाख १६ गते बिहान हत्या आरोपित ऐडीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतीले बताए ।

डिएसपी कामतीले भने, ‘छोरीको मानसिक सन्तुलन गुमेको र औषधि खाइरहेको भन्ने बुझिएको छ । ढुंगा र मुसलले हानेर सक्त घाइते भएको र समयमै अस्पताल ल्याउन नसक्दा मृत्यु भएको हो । घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

घटनाका मृतक महताराको आइतबार नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टम भएको र पोस्टमार्टमपछि मृतकको शव आफन्तलाई बुझाएको  डिएसपी कामतीले बताए । 

ad
ad