१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २२:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिसो बढेपछि विद्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २२:३४:oo

बढ्दो चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएको भन्दै सिराहाका तीनवटा पालिकाले एक साता जाडो बिदा दिएका छन् । 

सिराहाको गोलबजार तथा लाहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले पालिका क्षेत्रका विद्यालयहरूमा एक साता जाडो विदा दिएका हुन् । 

गोलबजार नगरपालिकाका शाखा अधिकृत सुवोधकुमार लामाले शीतलहर र चिसोको कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न भएकाले २५ देखि २९ पुससम्म जाडो विदा दिइएको जानकारी दिए । 

लाहान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २९ पुससम्म हिउँदे तथा १ माघमा माघे संक्रान्ति विदा लगत्तै २ माघदेखि विद्यालय नियमित संचालन हुने जनाएको छ । 

लक्ष्मीपुरपतारी गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो विदा दिइएको जनाएका छन् । 

गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरूमा अत्यधिक चिसोका कारणले अध्ययन अध्यापन प्रभावित हुने भएकाले वर्षे विदाबाट कट्टा हुने गरी मंगलबारदेखि २ माघसम्मका लागि जाडो विदा दिइएको सूचनामा उल्लेख छ । 

पछिल्लो केही दिनयता बाक्लो हुस्सु कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ । बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो ।

ad
ad