१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
पूर्वी युक्रेनतर्फ रुसबाट प्रक्षेपण गरिएका मिसाइल । तस्बिर : एएफपी
रासस वासिङ्टन
२०८० पौष २० शुक्रबार १२:३०:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेन आक्रमणमा रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकाको दाबी

Read Time : > 1 मिनेट
रासस, वासिङ्टन
२०८० पौष २० शुक्रबार १२:३०:००

युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर उत्तर कोरियाले रुसलाई उपलब्ध गराएको ह्वाइटहाउसले  दाबी गरेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको करिब दुई वर्ष हुँदै गर्दा रुसले आफ्नो सहयोगी इरानसँग क्षेप्यास्त्र खरिद गर्न खोजिरहेको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको ‘सैन्य भिडन्त’को तयारीका लागि क्षेप्यास्त्र लन्चरको उत्पादन बढाउन आह्वान गरेपछि ह्वाइटहाउसको यो टिप्पणी आएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रुसले युक्रेनमा गत साता दुईपटक आक्रमण गरेको थियो।

ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा कर्बीले भने, ‘हाम्रो जानकारीले के देखाउँछ भने प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया)ले हालै रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र लन्चर र केही ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको छ।’

‘यो रुसका लागि उत्तर कोरियाको समर्थनको एक महत्वपूर्ण हिस्सा हो र यसले विश्व समुदायको चिन्तालाई बढाएको छ,’ कर्बीले भने, ‘यस घटनाक्रमले अमेरिकी कांग्रेस (संसद्)ले युक्रेनका लागि महत्वपूर्ण सैन्य सहायताको प्याकेज पारित गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । अमेरिकी समर्थनविना युद्धमा युक्रेनीको आशा चाँडै उजाड हुनेछ।’

हालैका दिनहरूमा रुसले हवाई आक्रमण गरेको युक्रेनका लागि हवाई प्रतिरक्षा ‘पूर्णतया’ अमेरिकी प्राथमिकतामा रहेको उनले बताए।

कर्बीले भने, ‘कंग्रेसले यस अवस्थालाई बुझ्नु र युक्रेनीलाई उनीहरूको रक्षाका लागि आवश्यक चिजहरू प्रदान गरेर प्रतिक्रिया दिनु महत्वपूर्ण छ।’

रुसी सेनाले डिसेम्बर ३० मा उत्तर कोरियाले आपूर्ति गरेको क्षेप्यास्त्रमध्ये कम्तीमा एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो, जुन जापोरिजिया क्षेत्रको खुला मैदानमा खसेको थियो। त्यसपछि मस्कोको सेनाले जनवरी २ मा युक्रेनमा ‘दर्जनौँ’ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

साङजी विश्वविद्यालयका सैन्य अध्ययनका प्राध्यापक चोई गी इलले एएफपीसँग कुरा गर्दै मस्को–प्योङयाङ हतियार स्थानान्तरण रुसले युद्धमा सियोलको आफ्नै भूमिकाप्रति ‘आक्रोश व्यक्त गर्ने’ तरिका हुन सक्ने बताए।

उनले भने, ‘दक्षिण कोरिया युक्रेनको लागि प्रमुख हतियार निर्यातकर्ता हो । दक्षिण कोरियाले नेटो राष्ट्रहरूसँग हतियार सम्झौतामार्फत अप्रत्यक्ष रूपमा युक्रेनलाई सहयोग गरिरहेको छ ता कि किभलाई उनीहरूको हतियार आपूर्तिको लागि सहयोग पुग्न सकोस्।’

सोलले युक्रेनको प्रमुख सहयोगी पोल्यान्डमा ट्यांक र होवित्जर पठाउन अर्बौँ डलरको सम्झौतामा हस्ताक्षर गरेको छ।

‘रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण दुई कोरियाबीच हतियारको होडबाजी सुरु भएको हो,’ चोईले भने, ‘अमेरिका र उसका सहयोगीहरूले उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरूको उल्लंघनको कुरालाई युद्धमा उत्तर कोरियाली हतियार प्रयोगसम्बन्धी नयाँ हतियार स्थानान्तरणको मुद्दा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा उठाइनेछ।’

रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेकोमा बेलायतले कडा शब्दमा निन्दा गरेको छ।