१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
चार दिनदेखि आन्दोलनरत आवासीय चिकित्सक बुधबार अस्पतालपरिसरमा धर्ना दिँदै । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० पौष १९ बिहीबार १०:२५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आवासीय चिकित्सकलाई निलम्बन गरेपछि केएमसीका चिकित्सक आन्दोलित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष १९ बिहीबार १०:२५:००

दैनिक करिब २५ अप्रेसन प्रभावित

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । आवासीय डा. विशद दाहाललाई अस्पताल प्रशासनले निलम्बन गरेपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरूले अस्पतालले डा. दाहाललाई एक महिनासम्म गरेको निलम्बन फुकुवाको माग राख्दै अस्पताल परिसरमा धर्ना दिँदै आइरहेका छन् । आवासीय चिकित्सक आन्दोलित भएपछि नियमित उपचार सेवामा समेत प्रभावित भएको छ । अस्पताल प्रशासनले डा. दाहाललाई अस्पताल प्रवेशमै रोक लगाएको छ । विनाकारण अस्पतालले कारबाही गरेको भन्दै अध्ययनरत तथा कार्यरत क्लिनिकल र नन्क्लिनिकल गरी २१० चिकित्सक धर्नामा बसेका हुन् । उनीहरूले डा. दाहालमाथिको निलम्बन फुकुवा गर्नुपर्ने र करिकुलमभन्दा बाहिरी काममा नलगाउन अस्पताल प्रशासनसँग माग गरेका छन् । ‘मैल पढाइ र आफूमाथि अन्याय भएको बारेमा बोलेँ भनेर ममाथि कारबाही भयो,’ आवासीय डा. दाहालले भने, ‘हामीले लामो समयदेखि प्रशासनको दमन सहेर बसेका छौं, आवासीय चिकित्सकमाथि अस्पतालले अनावश्यक कार्यबोझ र तनाव थपेको छ ।’ 

आवासीय चिकित्सक आन्दोलित भएपछि दैनिक हुने अप्रेसनसमेत रोकिएका छन् भने बिरामी मर्कामा परेका छन् । प्रशासनका अनुसार केएमसीमा सबैखाले गरेर हरेकदिन करिब २५ वटा अप्रेसन हुन्छन् । तर, चार दिनयता आवासीय चिकित्सकको आन्दोलनले सेवा प्रभावित बने पनि अस्पताल प्रशासन त्यसप्रति जिम्मेवार देखिएको छैन । अस्पतालका क्याम्पस व्यवस्थापक नारायणप्रसाद दाहालले चिकित्सक र प्रशासनबीच छिट्टै सहमति हुने बताए । आवासीय चिकित्सकहरूले सोमबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।