१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अरूलाई बचाउन आफू मर्ने चिकित्सक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:o२:oo

एकपटक फ्रान्सको मार्सेल्स सहरमा प्लेग रोग फैलियो । धेरै मानिस रोगका सिकार भइरहेका थिए । प्लेग रोगको उपचार नियन्त्रणबाहिर थियो । यो रोग लाग्नुको कारण र यस रोगको उपचार पद्धति कसैले पत्ता लगाउन सकेको थिएन । प्लेग रोगीसँग डाक्टरहरू नै डराउन थाले ।  

यस रोगलाई कसरी नियन्त्रणमा लिने भन्ने विषयमा बृहत् परामर्श गर्न सहरभरिका डाक्टरहरूको सभा बोलाइयो । सभामा एक वरिष्ठ डाक्टरले भने, ‘यो अत्यन्त खतरनाक सरुवा रोग हो । यो रोग कुन जीवाणुका कारण लाग्छ भन्ने पत्ता लगाउन यस रोगबाट मरेका व्यक्तिको पोस्टमार्टम गर्नुपर्छ । यसमा पोस्टमार्टम गर्ने व्यक्तिकै ज्यान जाने सम्भावना अत्यधिक हुन्छ ।’ 

लामो समयसम्म सभामा सन्नाटा छायो । कोही पनि पोस्टमार्टमका लागि तयार भएनन् । यस्तैमा एक युवा डाक्टर अगाडि सरे । उनले भने, ‘मेरो मृत्युले धेरैको ज्यान बच्छ भने म यसका लागि तयार छु । केही गरी जाँचका क्रममा मेरो मृत्यु भयो भने मेरो सम्पूर्ण सम्पत्ति अस्पतालको नाम गरिदिनुहोला ।’

उनले प्लेग रोगबाट मृत्यु भएका एक व्यक्तिको शरीर पोस्टमार्टम गरी जाँच सुरु गरे । जाँचका क्रममा पत्ता लागेका कुरा उनले लेख्दै गए । जाँचका क्रममा उनले प्लेग रोग लाग्नुको कारण र उपचार प्रक्रिया पनि पत्ता लगाए । तर, यति गरुन्जेल उनको शरीरमा प्लेगका जीवाणु यति फैलिसकेका थिए कि उनको उपचार सम्भव भएन । आफ्नो बलिदान दिएर यसरी विश्वलाई प्लेग रोगको निदानको जानकारी दिने ती महान् डाक्टर थिए– हेन्नी गायन ।

ad
ad