१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

छिमेक लघुवित्तले १५% लाभांश दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:o३:oo

छिमेक लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ । २२औंँ वार्षिक साधारणले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष रामचन्द्र जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत पनि गरे । त्यस्तै, हालको चुक्ता पुँजी दुई अर्ब ८३ करोड ५४ लाख दुई हजारबाट वृद्धि गरी दुई अर्ब ९७ करोड ७१ लाख ७२ हजार एक सय पुर्‍याउने निर्णयसमेत साधारणसभाले गरेको छ । 

संस्थाले हाल ६९ जिल्लामा एक सय ९७ वटा शाखामार्फत सेवा दिइरहेको छ । ०५८ सालमा स्थापना भएको यसले आर्थिक वर्ष ०७९/८० मा एक अर्ब दुई करोड ५० लाख तीन हजार एक सय ९५ रुपैयाँ ९३ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

ad
ad