१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:३६:oo

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई लाभांश वितरणका लागि गरेको प्रस्ताव पारित भएको छ । कम्पनीको मर्जरपछिको पहिलो साधारणसभाका रूपमा रहेको ३०औँ वार्षिक साधारणसभाले लाभांश वितरण प्रस्ताव पारित गरेको हो । 

कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि एक करोड, दुई लाख ८५ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । साधारणसभाले  सञ्चालक समितको वार्षिक प्रतिवेदन, आव ०७९/८० को साबिक अजोड इन्स्योरेन्स लिमिटेड साथै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखा  परीक्षण प्रतिवेदनसहितको लेखा  परीक्षण गरिएको ०८० साल असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ ।

साधारणसभाले आव ०८०/८१ का लागि बाह्य लेखा परीक्षक जेबी राजभण्डारी एन्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको जनाइएको छ । साबिकको युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र साबिकको अजोड इन्स्योरेन्स लिमिटेड एक–आपसमा गाभिए (मर्जर)पश्चात् संयुक्त रूपमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट मिति ०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ कायम भएको थियो ।

हाल कम्पनीले दुवै कम्पनीका साबिकका कार्यालयहरूको मिलान तथा कर्मचारीलाई समायोजन गरी प्रधान कार्यालयलगायत ६ प्रादेशिक कार्यालय, ४१ शाखा, ४३ उपशाखा, पाँच बिमा काउन्टर र ६ तेस्रो पक्ष बिमा काउन्टरमार्फत सेवा दिँदै आएको छ ।  

सञ्चालकहरू निर्विरोध निर्वाचित
साधारणसभाले पाँचजना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार संस्थापक सेयरधनीतर्फ आजाद श्रेष्ठ, सिजी फुडका तर्फबाट प्रणवकुमार दास, चौधरी ग्रुपका तर्फबाट बलराम खनाल तथा सर्वसाधारण सेयरधनीका तर्फबाट पानुदत्त पौडेल र शम्भु अधिकारी निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

ad
ad