१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

घोराहीको १५ प्रतिशत लाभांश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:३२:oo

घोराही सिमेन्ट्स इन्डस्ट्रीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । घोराहीमा सम्पन्न कम्पनीको तेस्रो साधारणसभाले आर्थिक वर्ष ०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

कम्पनीको चुँक्ता पुँजी तीन अर्ब ९७ करोड १९ लाखबराबरको १४.२५ प्रतिशतका दरले हुन आउने ५६ करोड ५९ लाख रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दर कर प्रयोजनार्थ दुई करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विभिन्न चुनौती र अप्ठ्याराबीच पनि कम्पनीले गत आवमा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र चालू आवको मंसिरसम्म एक अर्ब ४२ करोडभन्दा बढीको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तमलाल संघईले जानकारी दिए । 
त्यस्तै, कम्पनी सञ्चालक समितिका सदस्य गोविन्दलाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी छँदै राजीनामा दिएकाले ती पदमा क्रमशः अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको पनि अध्यक्ष संघईले जानकारी दिए । यससँगै कम्पनी संस्थापक सञ्चालनमा पाँचजना व्यक्ति भएका छन् । 
 

ad
ad