१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
मुख्य समाचार डिजिटल संस्करण

सरकारले एक वर्षमा उल्लेख्य काम गर्न सकेन : उपमहासचिव गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५२:oo

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले गएको एक वर्षमा कुनै उल्लेख्य काम गर्न नसकेको आरोप लगाएका छन्। 

शनिबार पार्टीको गण्डकी प्रदेश कमिटीको पहिलो बैठकलाई पोखरामा सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन्। सरकारको कामका कारण जनतामा निराशा बढ्दै गएको र देशसमेत बर्बादीतिर धकेलिएको गुरुङको दाबी छ।

आमजनताको इच्छा र चाहनालाई सम्बोधन हुने गरी काम गर्न सरकारलाई उनले सुझाव दिए। देशलाई समृद्धिको मोडल र बाटोमा हिँडाउन सक्ने एक मात्र पार्टी एमाले रहेको दाबी गर्दै उनले वर्तमान सरकारको कार्यशैलीले पनि यसलाई पुष्टि गरेको जिकिर गरे।

बैठकमा बोल्दै पार्टीका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले ‘सुखी नेपाली समृद्ध नेपाल’को अभियान पूरा गर्ने काममा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। यसका लागि सबै कमिटीहरूलाई चलायमान बनाउँदै पार्टीलाई समयसापेक्ष नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा उनको जोड थियो।

यसैगरी, पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को लक्ष्य पूरा गर्न पार्टीका सम्पूर्ण कमिटी र सदस्यहरू एक भएर लाग्न आवश्यक रहेकोमा जोड दिए।
 

ad
ad