१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

एमाले गण्डकीले चैतभित्रै जिल्ला अधिवेशन गर्ने, प्रदेश कार्यालयका लागि १० करोडको घर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२८:oo

नेकपा एमाले गण्डकी प्रदेशले आगामी चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको छ। पोखरामा सम्पन्न गण्डकी प्रदेश कमिटीको पहिलो बैठकले प्रदेशमा रहेका ११ जिल्लाको अधिवेशन चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए।

बैठकले जनवर्गीय संगठनको अधिवेशन माघभित्र सम्पन्न गरी चैतभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो। यसैगरी, बैठकले पार्टीअन्तर्गत प्रदेशका निर्वाचन क्षेत्र, भूगोल, जिल्ला, पालिका, जनवर्गीय संगठनलगायतमा विभागीय जिम्मेवारीसमेत तोकेको  छ।

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणसहित प्रथम अधिवेशनमा निर्वाचित ४० वर्षमुनिका कमिटी सदस्यहरूका लागि नेतृत्व विकास कार्यशाला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको दवाडीले जानकारी दिए।

यसैगरी, बैठकमा गत असोजमा सम्पन्न प्रदेशको पहिलो अधिवेशनबाट निर्वाचित भएर शपथ नलिएकाहरूलाई शपथसमेत गराइएको थियो।

प्रदेश कार्यालयका लागि १० करोडको घर किन्दै
बैठकले पार्टीको प्रदेश कार्यालय सञ्चालनका लागि भवन किन्ने निर्णय गरेको अध्यक्ष नवराज शर्माले जानकारी दिए। शर्माका अनुसार पार्टीले पोखरा– ८ सिमलचौरनजिकै एक घर किन्नका लागि केही दिनअघि बैनासमेत गरिसकेको छ।

नौ करोड ६५ लाखमा किन्न लागिएको घरको मूल्य पास खर्च जोड्दा १० करोडभन्दा माथि पर्ने उनले बताए। ‘चार महिनाभित्र पास गर्ने गरी बैना गरिसकिएको छ,’ उनले भने, ‘आवश्यक रकम पार्टीसँग त छैन, तर पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले सहयोगको वाचा गरेकाले रकम जुट्छ।’

ad
ad