१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २४ सोमबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सशस्त्रले पर्सा ११ लाई दियो १२९ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१o:oo

प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आजको खेलमा सशस्त्र प्रहरी क्लबले पर्सा ११ लाई एक सय २९ रनको लक्ष्य दिएको छ। 

नारायणी रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको सशस्त्रले २० ओभरमा नाै विकेटको क्षतिमा एक सय २८ रन बनाएको हो।

खेलमा सशस्त्रका कप्तान प्रदीप ऐरीले सर्वाधिक ४२ बलमा ५२ रन बनाए। यस्तै, अर्को खेलाडी लोकेश बमले ११ बलमा १९ रन र पुरण विकले २३ बलमा १८ रन जोडे। 

पर्सा ११ का कप्तान सन्दीप लामिछानेले चार ओभरमा ३५ खर्चिएर दुई विकेट पाए। यस्तै, रुपेश सिंहले तीन ओभरमा १६ रन दिएर दुई विकेट पाए भने रञ्जित कुमारले दुई ओभरमा १७ रन दिएर दुई विकेट लिए। प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्।

ad
ad