१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद

फुटबल खेलाडी महेन्द्रको टाउको र चिउँडोको अप्रेसन हुँदै, उपचारमा आर्थिक अभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२२:oo

उपचारमा आर्थिक अभाव भएपछि सहयोग संकलन गरिँदै 

गुल्मीका फुटबल खेलाडी १६ वर्षीय महेन्द्र खत्री ८ पुसमा चिदीचौर खेलमैदानमा लडेर गम्भीर घाइते भए । उनी घाइते भएसँगै केहीबेर खेल प्रभावित बन्ने अवस्था बन्यो । खेलाडीको अवस्था देखेर दर्शक र आयोजकले समेत पीर मानेका थिए । उनी मालिका मावि मालिका गाउँपालिका- ८ को फुटबल खेलका राइड डिफेन्डर हुन् ।

फोर्टिन स्टार कप फुटबलमा खेलिरहेकै बखत अचानक लडेपछि उनकाे चिउँडोमा चोट लाग्यो । टाउकोसहित शरीर बजारियो । खेल्दै गर्दा घाइते भएका उनको गुल्मी अस्पतालमा सामान्य उपचारपछि अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सिटिस्क्यान गर्दा मस्तिष्कमा रगत जमेको र चिउँडोको हड्डी चर्किएकाले अप्रेसनको तयारी भइरहेको अस्पतालमा रहेका मालिका माविका शिक्षक खेमराज अर्यालले जानकारी दिए । खत्री सामान्य परिवारका हुन् । उनी कक्षा १० मा अध्ययन गर्छन् । पढाइ र खेलमा पनि अब्बल विद्यार्थी लडेर घाइते भएपछि परिवारसहित विद्यालय पनि ठूलो पीडामा रहेको शिक्षक अर्यालले बताए  । 

शिक्षक अर्यालका अनुसार महेन्द्र दुई भाइमध्ये कान्छो छोरा हुन् । उनका ठूलो दाजु पनि शारीरिक रूपमा कमजोर छन् । भाइ पनि लडेपछि थप समस्या र चोट परेको दाजुले दुःखेसो गरेका छन् । आमा ३९ वर्षीया राधिका केसी लामो समयदेखि मिर्गौलापीडित छिन् । बुबा ४० वर्षीय हरि केसी काठमाडौंमा कुखुरा फर्ममा काम गर्छन् ।

अप्रेसनका लागि चन्दा संकलन

अप्रेसनका लागि रकम धेरै लाग्ने भएकाले अहिले विभिन्न ठाउँमा चन्दा संकलन भइरहेको छ । विद्यार्थी घाइते भएपछि अहिलेसम्म फोर्टिन स्टार क्लबले खत्रीको नाममा आर्थिक सहयोग संकलन गरिरहेको छ ।

थुप्रै खेलप्रेमीले स्टेजमा आएर स्वस्फूर्त रूपमा महेन्द्रका लागि सहयोग गरेको र आफूहरूले पनि उपचारमा चासो र सहजीकरण गरिरहेको क्लबका उपाध्यक्ष सुरज पोख्रेलले बताए । संकलन भएको रकम आवश्यकताअनुसार प्रदान गरिने पोख्रेलले जानकारी दिए ।

मालिका मावि समूह चरणमा रिडी माविसँग प्रतिस्पर्धा गरेर विजयी बनेपछि क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा महेन्द्र माविसँग पराजित बनेको छ । मालिका खेलबाट बाहिर रहे पनि गाउँबाट प्रतिनिधित्व गरेर खेलमैदानमा देखाएको मालिकाको खेलको थुप्रैले प्रशंसा गरेका थिए । खेलमा मालिकाका खेलाडीको उत्साह निकै राम्रो थियो । महेन्द्र रिडी माविका गोलकिपरसँग ठोक्किएर  घाइते भएका हुन् । 

घाइते भएपछि पनि महेन्द्रले क्वार्टरफाइनल खेल्ने खेलाडीलाई अस्पतालको शय्याबाटै हौसला दिइरहेको खेलशिक्षक तीर्थबहादुर शाहीले जानकारी दिए । खेल ७ देखि १२ पुससम्म जारी रहनेछ ।

ad
ad