Skip This
यमनमा युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
फाइल तस्बिर
रासस दुबई
२o८१ बैशाख २६ बुधबार १४:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

यमनमा युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत

Read Time : > 1 मिनेट
रासस, दुबई
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १४:२३:oo

यमनका लागि संयुक्त राष्ट्रसंघीय दूतले यमनका युद्धरत पक्षहरूले नयाँ युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएको बताएका छन्।

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गले गरेको यो घोषणा नौ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने पछिल्लो कदम हो।

साउदी अरब र ओमानमा ग्रुन्डबर्गले यमनसमर्थित राष्ट्रपति परिषद्का प्रमुख रसाद अल–अलिमी र इरानसमर्थित हुथी विद्रोहीका प्रमुख वार्ताकार मोहम्मद अब्दुल सलामसँग हालै गरेको भेटवार्तापछि यो निर्णय भएको हो।

कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार ग्रुन्डबर्गले राष्ट्रव्यापी युद्धविराम लागू गर्ने र समावेशी राजनीतिक प्रक्रियाको पुनः सुरु गर्ने तयारीमा संलग्न हुन द्वन्द्वरत दुवै पक्षले देखाएको इच्छाको स्वागत गरेका छन्।

‘राजदूतले अब संयुक्त राष्ट्रसंघको आयोजनामा यी प्रतिबद्धताहरू समावेश गर्ने र तिनको कार्यान्वयनलाई सहयोग गर्ने रोडम्याप बनाउन द्वन्द्वरत पक्षहरूसँग संलग्न हुनुहुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

सन् २०१४ मा इरानसमर्थित हुथी विद्रोहीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिएपछि यमन द्वन्द्वको चपेटामा परेको छ। संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् २०२२ को अप्रिलमा लागू भएको युद्धविरामले शत्रुतामा तीव्र कमी ल्याएको थियो। युद्धविराम गत वर्षको अक्टोबरमा समाप्त भए पनि धेरै हदसम्म युद्ध र क्षति रोकिएको छ।

ग्रुन्डबर्गले अब युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसंघको निरीक्षणमा रोडम्याप लागू गर्ने कामको नेतृत्व लिनेछन्। उक्त रोडम्यापमा निजामती कर्मचारीको तलब भुक्तानी गर्ने, विद्रोहीले अवरोध गरेको सहर ताएज र यमनका अन्य भागमा बाटो खोल्ने र तेल निर्यात पुनः सुरु गर्ने प्रतिबद्धता पनि समावेश गरिएको छ।

ग्रुन्डबर्गले भने, ‘यमनवासीले ठोस परिणाम र दिगो शान्तिको दिशामा प्रगति प्रदान गर्ने यो नयाँ अवसरको प्रतीक्षा गरिरहेका छन्।’ द्वन्द्वरत पक्षहरूले महत्वपूर्ण कदम चालेका छन्। उनीहरूका प्रतिबद्धताहरू सबैभन्दा पहिले यमनका जनताप्रतिको दायित्व हुन्।

इजरायलले हमास लडाकुसँग लडिरहेको गाजापट्टीमा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउन ‘रेडसी’को प्रमुख पारवहन मार्गमा हुथी विद्रोहीहरूले आक्रमण गरिरहेका वेला यो सम्झौता भएको हो।

ad
ad