१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रसिला र प्रिन्स च्याम्पियन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४५:oo

युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि जितेका छन् । त्रिभुवन आर्मी क्लबकी रसिला र सशस्त्र प्रहरी बल एपिएफका प्रिन्सले ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताका दुवै संस्करणको उपाधि जितेका हुन् । महिला एकलतर्फ रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१–९ र २१–१५ ले पराजित गरिन् । नेपाल पुलिसकी निता लम्साल र आर्मीकै रेहना शेरचन संयुक्त तेस्रो भएका छन् । 

प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१–१४ र २१–१७ ले पराजित गरेका हुन् । पुलिसका विष्णु कटुवाल र जीवन आचार्य संयुक्त तेस्रो हुन सफल भए । विजयी खेलाडीहरूले नगद ४० हजार, उपविजयी खेलाडीले नगद २० हजार तथा संयुक्त तेस्रोले जनही १० हजार प्राप्त गरेका छन् । 

पुरुष युगल (शीर्ष २० वरीयताबाहेक)को उपाधि कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडीले उचालेका छन् । उक्त जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यको जोडीलाई २१–१२ र २१–१४ ले पराजित गरे । आर्मीका विवेक चौधरी र पविन लिनथेप तथा नरेन्द्र बम र हिमाल चन्द संयुक्त तेस्रो भएका छन् । 

यू–१७ पुरुषतर्फ आर्मीका कविर केसीले आर्मीकै अभय महरालाई २१–९ र २१–४ ले पराजित गर्दै उपाधि जितेका छन् । तेस्रो स्थानमा गुल्मीका जेनिस शेरचन र आर्मीकै सुप्रिम पन्थ रहे ।

महिला यू–१७ मा आर्मीकै रेहाना शेरचन च्याम्पियन भइन् । पुरुष ४५ वर्षमाथिको युगलतर्फको खेलमा कास्कीका राजेश गुरुङ र शम्भुकुमार श्रेष्ठ विजेता बने । विजयी खेलाडीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव वीरेन्द्रबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दुई सय ६७ खेलाडीहरूले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

ad
ad