१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

झापामा धानको उत्पादकत्व बढ्यो, क्षेत्रफल घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:५७:oo

झापामा यस वर्ष चार लाख ३३ हजार ८०९ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ । यस वर्ष गत वर्षको भन्दा धानको उत्पादकत्व बढेको हो । यस वर्ष ८५ हजार सात सय ५० हेक्टर क्षेत्रमा बर्खेधान लगाइएको कृषि ज्ञान झापाका प्रमुख सागर विष्टले जानकारी दिए । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ८९ मेट्रिकटन थियो । यस वर्ष बढेर ५ दशमलव ०५९ मेट्रिकटन पुगेको प्रमुख विष्टले जानकारी दिए । 

गत वर्षभन्दा यस वर्ष पाँच हजार नौ सय ३४ मेट्रिकटनभन्दा बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । गत वर्ष चार लाख २७ हजार आठ सय ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । यद्यपि, गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल घटेको छ ।

गत वर्ष ८६ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ भएको थियो । ‘यसपटक समयमा रासायनिक मल किसानले पाए । पानी पनि समयमा पर्दा सिँचाइका लागि समस्या भएन,’ उनले भने, ‘तसर्थ क्षेत्रफल घटे पनि धानको उत्पादनमा वृद्धि भएको छ । यसले किसानलाई उत्साहित बनाएको छ ।’ झापाका सबै स्थानीय तहमा धान उत्पादन हुन्छ । गौरादह, शिवसताक्षी, गौरीगन्जमा भने तुलनात्मक रूपमा धान राम्रो फल्ने कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । 

कोशी प्रदेशमै झापामा राम्रो धान उत्पादन हुन्छ । तर, बर्सेनि धान रोपाइँ हुने क्षेत्र घट्दा खेतीयोग्य जमिन मासिँदै गएको पुष्टि हुन्छ । १० वर्षअघिसम्म झापामा करिब ९० हजार हेक्टरमा धानखेती हुन्थ्यो । तर, पछिल्लो समय झन्डै पाँच हजार हेक्टर घटेको हो । खेतीयोग्य जमिन मासेर जग्गा प्लटिङ गर्दै आवास क्षेत्रमा परिणत गरिँदा खेती घट्दै गएको कृषि ज्ञान केन्द्र प्रमुख विष्टले जानकारी दिए । उनले भने, ‘बढ्दो सहरीकरणले खेतीयोग्य जमिन मासिँदा बर्सेनि धान रोपाइँ हुने क्षेत्रफल घट्दै छ । उत्पादकत्व बढे पनि यसरी क्षेत्रफल घट्नु चिन्ताको विषय हो ।’ 

यस वर्ष धानको उत्पादन बढ्नुका साथै किसानले धानको मूल्य पनि राम्रो पाएको विष्टले बताए । यस वर्ष सरकारले मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रुपैयाँ तोकेको छ । तर, किसानले भने मध्यम धानको मूल्य तीन हजार आठ सय रुपैयाँसम्म पाएको विष्टले बताए । जसका कारण कृषि पेसामा नै निर्भर किसानलाई उत्साह थपेको उनको भनाइ छ । 

ad
ad