१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २ सोमबार
  • Wednesday, 02 July, 2025
२o८o पौष २ सोमबार १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१३ केजी गाँजासहित उदयपुरबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २ सोमबार १७:३७:oo

उदयपुरको बेलका नगरपालिका– २ भचुवामा घरबाटै १३ केजी गाँजासहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय रविन राई रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका राईले घरनजिकै रहेको ग्वालीमा लुकाइराखेको गाँजा सोमबार बरामद भएको हो। पक्राउ परेका राईमाथि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

केहीअघि मात्र उदयपुरगढी गाउँपालिका– ७ हाडेबासबाट १६ किलोभन्दा बढी गाँजासहित दुईजना पक्राउ परेका थिए।