१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नक्कली सवारी दर्ता किताब बनाउने दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:३४:oo

लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।    

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका– ८ घर भई हाल काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दिलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। 

उनका अनुसार केही व्यक्तिले लिखत किर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले दिलबहादुरलाई काठमाडौंको कालीमाटी र आइतसिंहलाई मनोहरा नगरपालिका– १ ब्रह्मखेलबाट पक्राउ गरेको हो। 

पक्राउ परेकाको साथबाट बागमती प्रदेश ०१–०२५ च २७५९ नम्बरको कारको ब्लुबुक एक थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र चार थान, कार पाँचवटा, विभिन्न सरकारी कार्यालयका छाप चार थान र मोबाइल दुई थान बरामद गरी लिखत किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया सुरु भएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए। 

ad
ad