Skip This
मोबाइल चोरी र नगद लुटेको आरोप निराधार : अध्यक्ष यादव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १ आइतबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजविराज
२o८o पौष १ आइतबार ११:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोबाइल चोरी र नगद लुटेको आरोप निराधार : अध्यक्ष यादव

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o पौष १ आइतबार ११:५२:oo

चोरी डाँका मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएपछि सो प्रकरणका आरोपित सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले आफूमाथि लगाइएको चोरी डाँका मुद्दा निराधार रहेको दाबी गरेका छन्। 

गाउँपालिकामा  पत्रकार सम्मेलनको आयोजना गरी उनले  केही व्यक्तिहरूले चरित्र हत्या गर्न झुटाे प्रचारबाजी गरेर आफूलाई असफल बनाउन अफवाह फैलाएको बताए।

‘मोबाइल चोरी र नगद लुटेको आरोप लगाएर जुन मुद्दा दिइएको छ, त्यो एकदमै गलत हो, मैले उहाँलाई कुनै दुर्व्यवहार गरेको छैन, उनको शरीरमा छोएको पनि छैन,’ अध्यक्ष यादवले भने, ‘उनले गाउँपालिकाको गाडी दुर्घटना हुँदा फेसबुकमा कमिसनको चलखेलमा गाडी दुर्घटना भनेर लेख्नुभएको थियो त्यसमा किन भ्रामक प्रचार गर्नुहुन्छ ? भनेर मात्र सोधेको मात्र हुँ।’ 

उनले यसपालि अन्य पालिकाको तुलनामा सबभन्दा कम खर्च हुने दाबीसमेत गरे। अध्यक्ष यादवसहित निवर्तमान वडाध्यक्ष पीताम्बर यादव, सरोज यादव र राम यादवउपर मुद्दा रुपनी गाउँपालिका– १ का किरणकुमार जयसवालले गत २३ साउनमा अदालतमा मुद्दा दायर गरेका थिए।

गाउँपालिका अध्यक्ष यादवसहित चारजनाले हातपात गर्दै कमिसनको प्रमाण रहेको मोबाइल लुटेको भन्दै जयसवालले गत २६ असारमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि जयसवालले उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

उच्च अदालतका न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले गत शुक्रबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी गरेको छ।