१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मर्जर र एफपिओबाट एकै दिन ११ अर्ब तीन करोड कर संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१९:oo

मर्जर र एफपिओमा कर लगाउने सरकारको निर्णय लागू हुँदा एकै दिन ११ अर्ब तीन करोड रुपैयाँ कर संकलन भएको छ । बिहीबार मर्जर र एफपिओमा कर असुल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेसँगै उक्त रकम संकलन भएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्ष ०८०÷८१ को आर्थिक विधेयकमा एफपिओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था गरेका थिए । 

यसरी संवैधानिक व्यवस्थाविपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्बरको बुँदा बदर गर्न माग गर्दै १६ वाणिज्य बैंकले गत भदौ २९ गते सर्वोच्चको संवैधानिक इजलासमा संयुक्त रिट दायर गरेका थिए ।

सरकारको उक्त निर्णयविरुद्ध परमादेश माग गर्दै बैंकर र बिमकले सर्वोच्चमा रिट दायर गरेका थिए । यसरी सरकारले कर उठाउन पाएको अवस्थामा बजारबाट सरकारलाई करिब ४० अर्ब रुपैयाँ कर उठ्ने बताइएको छ । 

शनिबार पनि बैंक खुल्ने
आर्थिक ऐन, २०८० ले प्रदान गरेको छुट सुविधामा सहभागी हुने अन्तिम दिन ३० मंसिर शनिबारसम्म मात्र रहेको छ । त्यसलाई ध्यानमा राख्दै राष्ट्र बैंकले सूचना जारी गरेर शनिबार राजस्व संकलन गर्ने सबै प्रकारका शाखा तथा काउन्टरका साथै नेपाल क्लियरिङ हाउससमेत खुला राख्न निर्देशन दिएको छ ।

ad
ad