१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुर्तीजन्य पदार्थ खोज्दै पसल–पसलमा महानगर प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:५८:oo

काठमाडौं महानगरले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाएसँग पसलहरूमा अनुगमन सुरु गरेको छ । महानगरले बिहीबार बिहानदेखि कार्यान्वयन हुने गरी सुर्ती, खैनी, गुट्खा, पानपरागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण रोक लगाएको हो ।

उक्त निर्णय कार्यान्वयन गर्न महानगरले नगर प्रहरीको टोली किराना पसल, पान पसल र चिया पसलमा परिचालन गरेको छ । काठमाडौं महानगरपालिकाले जारी गरेको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ । उक्त व्यवस्थाविपरीत सुर्तीजन्य पदार्थ बिक्री गरेको वा नगरेको अनुगमन गर्न महानगर प्रहरीको १०–१० जनाको समूह पूर्व, पश्चिम, मध्य र उत्तर क्षेत्रमा खटिएको छ । यस्तै, एक टोली महानगरको केन्द्रबाट खटिने उल्लेख छ ।

सात बोरा सुर्ती, गुट्खा बरामद
काठमाडौं महानगरका अनुसार पहिलो दिन सात बोराभन्दा बढी सुर्ती र गुट्खा बरामद भएको छ । बिहीबार बिहान महानगर प्रहरीले बालाजु क्षेत्रबाट दुई बोरा, जडीबुटी, कोटेश्वर क्षेत्रबाट दुई झोला र मध्य र पश्चिम क्षेत्रबाट तीन बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

ad
ad