१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अस्ट्रेलियामा बेरोजगारी दर १८ महिनायताकै उच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:१२:oo

नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ। 

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस)ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्यांकमा बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ। यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो। 

यद्यपि, अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको संख्या ६१ हजारले बढेको एबिसीको आँकडामा उल्लेख छ। उक्त वृद्धिको भर्पाई सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसंख्याको अनुपातलाई मापन गर्दछ।

कार्यरत वा सक्रिय रूपमा कामको खोजीमा रहेका मानिसको संख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ। 

एबिएसद्वारा बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रिय रूपमा नोकरीको खोजी गरेको हुनुपर्छ। एबिएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अस्ट्रेलियाली रोजगारीमा छन्। यो कामकाजी उमेरको जनसंख्याको ६४ दशमलव छ प्रतिशत हो। 

अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको संख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अस्ट्रेलियालीले काम गरेको घन्टाको कुल संख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ। 

ad
ad